
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणप्रसाद शर्माले आफ्नै सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिवन्धको कडा शव्दमा विरोध गरेका छन् ।
विप्लव नेकपासँग गंभीर वार्ताको कुनै पहलहरु नगरिकन सरकारले चालेको प्रतिवन्धको कदम अनुचित भएको नेता शर्माको भनाई छ ।
जनपाटी अनलाइनसँगको अन्तर्वार्तामा नेता शर्माले विदेशी शक्ति केन्द्रको उक्साउटमा केपी ओली सरकारले विप्लव नेकपामाथि प्रतिवन्ध थोपरेको आक्षेप लगाए ।
आफ्नै पार्टीमा गंभीर छलफल र गृहकार्य नगरेर केपी ओलीले आफ्नै स्वार्थमा विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएको नेता शर्माको आरोप छ ।
विप्लव नेकपामाथि प्रतिवन्ध लगाउनेमा पार्टीमा बहुसंख्यक नेता कार्यकर्ताको सहमति नभएको भन्दैं शर्माले हठात र बलातमा त्यस्तो निर्णय गरेको बताए ।
विप्लव नेकपाले अगाडि सारेको वैज्ञानिक समाजवादलाई लागू गर्न ओली सरकार इमान्दारितापूर्वक लाग्नुपर्ने शर्माको जोड रहेको छ ।
नेकपाका महासचिव विप्लवले धेरै पहिलेदेखि भन्दैं आएको सत्ता साझेदारीको मुद्धामा सरकार वार्ताबाट समाधान खोज्न लाग्नु पर्ने शर्माको भनाई छ ।







