जनप्रगतिशील मोर्चा दक्षिण कोरियाले विप्लव नेकपामाथि केपी ओली सरकारले लगाएको प्रतिबन्धको जोडदार रुपमा भत्र्सना गरेको छ ।

मोर्चाका अध्यक्ष आदर्श मगरद्धारा जारी एक प्रेस विज्ञेप्तीमा ओली सरकारले गरेको प्रतिवन्ध कम्युनिस्ट नामको सरकार प्रतिक्रियावादमा पतन भएको राम्रो उदाहरण भएको बताइएको छ ।

जनप्रगतिशील मोर्चा दक्षिण कोरियाले विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध तुरुन्त खारेज गर्न सरकारसँग अनुरोध समेत गरेको छ ।

विज्ञेप्तीको पूरा पाठ –

कम्युनिस्ट आवरणमा समाजबादी ब्यवस्था, समृद्धि नेपालको नारा दिएर जनतामा भ्रम छर्दै महान १० बर्षे जनयुद्ध र जनाआन्दोलनका धोकेवाज,बेइमानी खड्का प्रसाद ओली/प्रचण्ड/बादल समूह अन्तत प्रतिक्रियावादमा पतन भएको पछिल्लो उदाहरणहरुले प्रष्ट पारेको छ।

कथित दुई तिहाई बहुमतको सरकारले फँसिबादी,निरंकुश,तानाशाही चरीत्र आफ्नो असली अनुहार एकपछी अर्को गर्दै नाङ्गो रुप देखाइरहेको छ।भ्रष्टाचार,अनियमित,राष्ट्रघात,जनाघात,अमनचयन सरकारको स्थापित कम कर्तव्य जस्तै भैसकेको छ।

हिजोआज मुलुकमा बेथिति नभएको कुनै निकाय नै छैन,सम्हालेर सम्हालिने अवस्थ नै छैन।देशको अधिंकस युवाहरु बिदेशी को दास हुन बाध्य परेको छ,चेलीबेटी हरु इज्जत बेच्न बिवस बनाएको छ।दलाल पुँजिबादी हरुको कथित दोश्रो संबिधानसभाबाट निर्मित संविधान र केपी/प्रचण्ड मण्डलीले नेतृत्वको संसदीय ब्यवस्थले मुलुकको बर्तमन अन्तर्बिरोधको हल गर्न कदपी सम्भब छैन र त्यसको बिकल्पमा बैज्ञानिक समाजबाद नै एकमात्र बिकल्प हो,तसर्थ एकीकृत जनाक्रान्ती को माध्यम नै बैज्ञानिक विधि हो र यसको मार्ग दर्शन,नेतृत्व कमरेड बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाट मात्र सम्भब छ भन्ने कुरा आम जनामनासमा स्थपित हुँदै अगाडि बढदै गर्दा केपी/प्रचण्ड/बादल मण्डली अत्तलिएर जथाभावी दमन मात्रै होइन आफैंले बनाएको संबिधानलाई समेत लत्याएर अत्यन्तै तुच्छ तरिकाले नेकपा माथी प्रतिबन्ध लगाएको छ।पंचयतकाल र राजाको निरंकुश शासनकालको झल्को दिने गरि प्रहरी दमन,यातना,झुट्टा मुद्दाहरु लगाएको छ।राज्यले एकतर्फी युद्धको सुरुवात गरेको छ।

दमनको विरुद्ध प्रतिरोध मात्रै होइन,प्रतिक्रियावादी सत्ताको ध्वस्त जरुर छ।जनताको न्यायपुर्ण आन्दोलन दमनले इतिहासमा कहिल्यै रोकेको छैन।रोजगारी,ब्यवसाय,अध्यन र बिबिधरुपमा दक्षिण कोरियामा कार्यरत नेपालीहरुको एकताको हाम्रो गौरबसाली संगठन जनाप्रगतिशिल मोर्चा,दक्षिण कोरियाको तर्फबाट नेपाल सरकारको यस्त जनाबिरोधी,फाँसिबादी कदम हरु प्रती गम्भीर रूपमा घोर भत्सर्ना गर्दाछु।शान्ती र बार्ताको मध्यम नै इतिहासको शिक्षा हो।

समयमा नै समस्यको पहिचान र पहलकदमी नभए देश र जनताले भीषण आँधिबेहरी सिर्जना गर्ने निश्चित छ र प्रतिक्रियावादी शासकहरुको चिहान माथि विजयको लाल झन्डा फर्फराउने छ।

संयोजक

अदर्श मगर जनाप्रगतिशिल मोर्चा,दक्षिण कोरिया

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार