प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ८ नेता–कार्यकर्तालाई   शुक्रबार राति काभ्रेबाट गिरफ्तार गरेको छ ।

पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।

सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् ।

गिरफ्तार नेता कार्यकर्ताबारे विप्लव नेकपाले भने अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार