
माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको प्रहरीद्धारा भएको गिरफ्तारको विरोध गरेका छन् ।
आज राती काभ्रेबाट गिरफ्तार भएका नेकपाका स्थायी समिति सदस्य सुदर्शनसहित ८ नेता कार्यकर्ताको जीवन रक्षाको लागि किरातीले सरकारसँग अनुरोध गरेका छन् ।
जनपाटी अनलाइनसँगकाे टेलिफाेन कुराकानीमा किरातीले गिरफ्तार नेता सुदर्शनसहित सबै नेता कार्यकर्ताको रिहाइको माग समेत गरेका छन्।
अाज राती मात्रै प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ८ नेता–कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट गिरफ्तार गरेको छ ।
पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याउने तयारी भइरहेको छ ।







