कुनै बेला जनविद्रोहको भाषण गर्ने र जनविद्रोहका लागि आम क्रान्तिकारी कार्यकर्तालाई निर्देशन दिने रामबहादुर थापा बादल आज कहाँ छन् ?

केही वर्ष अघिसम्म मोहन वैद्य र नेत्र विक्रम चन्द विप्लवसँग एउटै पार्टीमा रहेर ठूल्ठूला क्रान्तिको कुरा गर्ने बादल आज क्रान्तिकारीहरुलाई दमन गरेर सिध्याउने रणनीतिमा लागेका छन् ।

आज उनी हिजो आफैले प्रतिक्रियावादी सत्ता भनेर ललकारेको सरकारको गृहमन्त्रीमा आसिन छन् ।
अनि उनको एकमात्र उदेश्य विद्यमान प्रतिक्रियावादी संविधान र व्यवस्थालाई जोगाउने रहेको छ । अनि क्रान्तिकारी नेता विप्लवलगायत नेताहरुलाई सिध्याउने छ ।

आजभन्दा ठीक ५ वर्ष अगाडिसम्म विप्लवसँग एउटै पार्टीमा रहेर विद्रोहको भाषा बोल्ने बादल आज तिनै आफ्ना सहयोद्धा विप्लवमाथि दमन गरेर सिध्याउने ध्याउन्नमा छन् ।

आजभन्दा ठीक ७ वर्ष अगाडिको बादलको भिडियो भाषणलाई हामी तपाईहरुकहाँ स्मरण गराइरहेका छौं । यो भाषण दोस्रो संविधानसभा निर्वाचनबेला बादलले क्रान्तिकारीहरुको रातोमार्चपछि बोलेको भाषण हो ।

बादलको भर्खरै केही वर्षअगाडिको मात्रको क्रान्तिकारी भाषण र अहिले उनी पुगेको ठाउँको दृष्टान्तले उनी राजनीतिमा यति फ्लप राजीतिक मान्छे हुन् भन्ने प्रमाणित भएको छ ।

हेरौं उनको भिडियोको बाँकी अंश ।

https://youtu.be/6__itXX_J-c

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार