
वामपन्थी विश्लेषक भरत दाहालले केपी ओलीले विप्लव नेकपालाई दमन गरेर सिध्याउने काममा ब्याक गियर पछि फर्कन्न भन्ने दिएको भाषणलाई कडा रुपमा कटाक्ष गरेका छन् ।
दाहालले सामाजिक संजाल फेसबुकमा हायात होटलमा गरेको लुटलागयत थुप्रै भ्रष्टचार कार्यमा सरकार अल्झिरहेकोले यो सरकारको चाँडै ब्याक गियर फर्कने विश्लेषण गरेका छन् ।
लुट र भ्रष्टचारमा डुबेको भन्दै विश्लेषक दाहालले ओली सरकार कुनैपनि बेला ब्याक हुने भविष्यवाणी गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ :
हायात होटेल सरकारी जग्गा लुट काण्ड माफिया मामिला हो, त्यसैले गियर पछाडि फर्किन्छ।
वाइडबडि काण्ड दलका नेताहरुको घुसकाण्डको मामिला हो, त्यसैले गियर पछाडि फर्किन्छ।
३३ किलो सुन अर्थोपार्जनको राजनीतिक पेशा हो, त्यसैले गियर पछाडि फर्किन्छ।
यातायात सिण्डिकेट आसेपासे चन्दादाताहरुको धन्धा हो, त्यसैले गियर पछाडि फर्किन्छ।
निर्मला हत्याकाण्ड पहुँचवालाहरुको ऐशआरामको विषय हो, त्यसैले गियर पछाडि फर्किन्छ।
सिके राउत सिआईएको मामिला हो, त्यसैले त्यसका विरूद्धकाे गियर पछाडि फर्किन्छ।
तर
विप्लवका विरुद्धको गाडिको गियर पछाडि फर्किन्न किनकि त्यो सत्तामाथि सोझिएको तरबार हो।







