नेकपा क्रान्तिकारी माओवादीका नेता रामसिंह श्रीसले विप्लव नेकपामाथि ओली सरकारले लगाएको प्रतिवन्धको घोर भत्र्सना गरेका छन् ।

नेता श्रीसले ओली सरकार देशमा फासिवादको अभ्यास गरेर अधिनायकवाद लाद्न अग्रसर भएको भन्दै त्यसका विरुद्ध सबैले डटेर संघर्ष गर्नुपर्ने बताएका छन् ।

जनपाटी अनलाइनसँगको अन्तर्वार्तामा क्रान्तिकारी माओवादी नेता श्रीसले एनसेल प्रकरणमा विप्लव नेकपाले सरकारलाई सहयोग गरेको समेत बताए ।

विप्लव नेकपाले त एनसेलले सरकारलाई कर तिर्नुपर्छ भनेर भनेको मात्र त हो नि, श्रीसले भने, यो कुरा गर्दा त सरकारले बरु विप्लव नेकपालाई पो धन्यावाद दिनुपर्ने हो ।

एनसेल काण्डमा विप्लव नेकपाले उठाएको मुद्धा सही भएपनि त्यसको निशाना अलि नमिलेको बताए ।

विप्लव नेकपासँग कार्यगत एकता गरेर जाने आफ्नो पार्टीको पूर्वघोषित नीति रहेको बताउँदै नेता श्रीसले अब पनि फेरि मोर्चा कायम गरेर जाने समेत बताए ।

नेता श्रीसले विप्लव नेकपासँग कार्यगत एकता मात्र होइन पार्टी एकता गरेर जान आफुहरु तयार रहेको समेत बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार