
नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीषले विप्लव नेकपाले उठाएको मुद्धालाई सरकारले डाइभर्ट गरेर अपराधिक घटनामा लगेको भन्दै आपत्ति जनाएका छन् ।
नेता श्रीषले नीजि मोबाइल कम्पनी एनसेलले राज्यलाई तिनुपर्ने कर नतिरेर अटेर गरको भन्दैं राज्यकै पक्षमा विप्लव नेकपाले बल प्रयोग गरेको कुरालाई सरकारले सकारात्मक रुपमा लिनुपर्ने तर्क गरे ।
जनपाटी अनलाइनसँगको अन्तर्वार्तामा नेता श्रीषले विप्लव नेकपाले राज्यले गर्नुपर्ने काम गरेको भन्दै सरकारले सकारात्मक लिनुपर्ने बताए ।
विप्लव नेकपाले राज्यले गर्नुपर्ने काम गरेको छ, कर तिर भनेर दबाब दिएको हो, उनले भने, निशानमा नमिलेपनि विप्लव नेकपाले कर तिर्नुपर्छ भनेर दिएको दबाबलाई सरकारले सकारात्मक लिनुपर्ने हो ।
एनसेलले ७२ अर्ब कर राज्यलाई नतिरेर सरकारलाई अटेरी गरिरहेको सन्दर्भमा विप्लव नेकपाले दबाबका लागि प्रहार गरेको कदम सकारात्मक भएको बताए ।







