
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले कुनैबेला प्रचण्ड राजा ज्ञानेन्द्रसँग मिलेर जान खोजेको भन्दै उनी असाध्यै अवसरवादी नेता भएको खुलासा गरेका छन् ।
तत्कालीन राजा ज्ञानेन्द्रसँग धेरैपटक छलफल भएको, त्यो छलफलमा प्रचण्डले सेनाको परमाधिपतिका लागि ज्ञानेन्द्रसँग अनुरोध गरेका तर उनले नै त्यो प्रस्ताव नमानेपछि संसदवादी कांग्रेस एमालेसँग वार्तामा आएको बताएका छन् ।
जनपाटी अनलाइनसँगको कुराकानीमा कांग्रेस युवा नेता घिमिरेले प्रचण्ड र केपी ओली मिलेर बनेको नेकपा निकै अवसरवादी पार्टी बनेको आरोप लगाए ।
माघ १९ पछि नेपाली कांग्रेस र एमालेका धेरै नेताहरुले गणतन्त्रका लागि आन्दोलन चर्काउदा केपी ओलीले त्यो बेला गणतन्त्रको कुरा गर्नु असंभव भएको भन्दै आफ्ना नेताहरुलाई जिस्काउने गरेको प्रसँग सुनाए ।
कुनैबेला गणतन्त्रको कुरा गर्दा केपी ओलीले बयलगाडा चडेर अमेरिका पुगिदैन भनेको भन्दैं नेता घिमिरेले अहिले उनै ओली गणतन्त्रको सरकारमा प्रधानमन्त्री बनेको बताए ।
गणतन्त्र ल्याउन प्रचण्डसँगै विप्लवलगायतका नेताहरुले ठूलो भूमिका खेलेको बताउँदै नेता घिमिरेले अहिले ओली सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध बेठीक भएको बताए ।
घिमिरेले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध अधिनायकवादी भएको भन्दै यस्तो कदम तत्काल सच्चाउन ओलीलाई अनुरोध समेत गरे ।







