खसान राष्टिय संयुक्त संघर्ष समितिका अध्यक्ष प्रेम बहादुर खातीले विप्लव नेकपाले उठाएको भ्रष्टचारलाई प्रहार गर्ने अभियानमा आफुहरुको समर्थन रहेको बताएका छन् ।

एनसेलको ७२ अर्ब करछली प्रकरणदेखि वाइडबडी प्रकरणसम्म आउँदा अर्बौको भ्रष्टचार हुँदा ओली सरकार चुप लागेर बसेपछि विप्लव नेकपाले भ्रष्टचारीहरुमाथि गरेको प्रहार सही भएको खातीको भनाई छ ।

विप्लव नेकपाले भ्रष्टचारविरोधी अभियानदेखि राष्टियताको मुद्धा लिएर अगाडि बढेको हुँदा आफुहरुले त्यो पार्टीले उठाएको मुद्धालाई सर्पोट गरेको खसान संघर्ष समितिका अध्यक्षको स्पोष्टोक्ति छ ।

ओली सरकारले भ्रष्टचारी, माफियातन्त्र र दलालहरुलाई संरक्षण गरिरहेको बेला विप्लव नेकपाले गरेको कार्वाही सही भएको भन्दै यस्तो पार्टीलाई प्रतिबन्ध लगाउनु सरकार भ्रष्टचारीह्रुको संरक्षणमा लागेको आरोप लगाए ।

विप्लव नेकपाले अहिले गरिरहेको राम्रो कामलाई आम नेपाली जनताले आशाको नजरले हेरेको खातीको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार