
कपिलवस्तु : कपिलवस्तुमा ब्यापक रूपमा प्रहरीले सर्च अप्रेसन चलाएको छ ।
जिल्लाको शिवगढी नगरपालिका ९ स्थित गाउँगाउँमा करिब ३ सय भन्दा प्रहरीलले अप्रेसन चलाइरहेको जानकारी त्यहाँका स्थानीयले दिएको छ ।
उक्त नगरपालिका स्थित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द “विप्लव” को गाउँगाउँमा सर्च अप्रेसन पनि अहिले चलाइरहेको खबर छ ।
यस भन्दा पहिले महासचिव विप्लवको गाउँमा सर्च अप्रेसन चलाएको थियो । अप्रेसन गरि नेकपाका समर्थकलाई घरबाट गिरफ्तार प्रहरी ब्यारेकमा पुर्यएर जङ्गलमा लगि गोलि हानेको थियो । उक्त अप्रेसनमा स्थानीय जनताले व्यापक रूपमा प्रतिरोध गरेको थियोे ।
प्रहरीले अनावश्यक आफुहरुलाई दुख दिएको भन्दैं स्थानीयहरु आक्रोशित भएको र प्रहरीको बल प्रयोगको प्रतिरोध हुने संभावना रहेको स्थानीयहरुले जनाएका छन् ।







