खसान राष्टिय संघर्ष समितिका अध्यक्ष प्रेम बहादुर खातीले ओली सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्धका बाबजुद सो पार्टी झन् स्पात बनेर जाने विश्लेषण गरेका छन् ।

विप्लव नेकपा जनतामा भिजेको पार्टी भएकोले ओली सरकारले यो पार्टीलाई दमन गरेर परास्त गर्न नसक्ने खातीको भनाई छ ।

जनपाटी अनलाइनसँगको कुराकानीमा खातीले विप्लव नेकपाका सबै मागहरु जनताको पक्षमा भएकोले वार्ताबाट उचित निकासका लागि जिम्मेबारीपूर्वक पहल गर्नुपर्ने बताए ।

नेपालमा कांग्रेस, एमाले र माओवादीहुँदै सबैले आन्दोलनबाट शक्ति आर्जन गर्ने तर जनतालाई धोका दिएका कारण विप्लव नेकपा जन्मेको भन्दैं अध्यक्ष खातीले अब देशमा विप्लव नेकपा मात्र क्रान्तिकारी शक्ति रहेको दाबी गरे ।

ओली सरकारले विकास र समृद्धिका जति गफ लगाएपनि देशमा बढेको भ्रष्टचारले त्यो उनको भाषण हावा गफमा सीमित रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार