सोमबार राती पश्चिमी नेपालको वातावरण सामान्य रहेन । राती ८ बजेपछि मध्य पश्चिम नेपालमा एकातिर हावाहुरीको समस्या देखियो भने अर्काे तिर भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार राती १० पौने ९ बने पश्चिमी नेपालको दैलेख जिल्लामा ४.१ म्याग्नेच्युटको भूकम्प गएको छ । राती ८ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो।

सुर्खेत, रोल्पा र चितवन आसपासको स्थानमा मेघगर्जनसहित हावाहुरी चल्यो भने र यो प्रणाली बिस्तारै पुर्व सर्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हावाहुरीका कारण आईतबार दक्षिणी नेपालको बारा र पर्सा जिल्लामा ३ दर्जन भन्दा बढीको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार