प्रतिबन्धका बीच विप्लव नेकपा जनसेवामा समर्पित भएका छन् ।इलाममा नेकपाका नेता तथा कार्यकर्ताले जनश्रमदानलाई निरन्तरता दिएका छन् ।

सरकारले प्रतिबन्ध लगाएसँगै नेता–कार्यकतामाथि धरपकड बढिरहेका बेलासमेत नेकपाका नेता तथा कार्यकर्ताहरू जनश्रमदानमा जुटेका छन् ।

पछिल्लो समय पूर्वका ब्युरो र जिल्लास्तरका नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने कार्य बढिरहेका बेला इलाम जिल्लाका नेता तथा कार्यकर्ताहरू भने विभिन्न जिल्लामा जनताको घरदैलोमा गएर श्रमदान गर्न व्यस्त छन् ।

जिल्ला सङ्गठन इलामको आयोजनामा खटिएका नेता तथा कार्यकर्ताहरूले स्थानीय जनताको मुडा चिरिदिने, दाउरा बोक्नेलगायत काम गरेको जनाइएको छ ।

उक्त टोलीको नेतृत्व जिल्ला सचिव दीपेनले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार