
वामपन्थी राजनीतिक विश्लेषक भरत दाहालले अमेरिकाले केपी ओलीलाई फालेर प्रचण्डलाई प्रधानमन्त्री बनाउने गंभीर खेल खेलेको रहस्य खुलासा गरेका छन् ।
विश्लेषक दाहालले सामाजिक संजाल फेसबुकमार्फत् यस्तो खुलासा गरेका हुन् ।
यस्तो छ विश्लेषक दाहालको विश्लेषण –
-अमेरिका भ्रमणको भित्री योजनामा पर्दा हाल्न र ओलीलाई अक्करमा पार्न पुष्पकमलले भेनेजुयला काण्ड गरे।
-दाहाललाई सकभर जिम्मेवार अमेरिकीहरुसंग भेटघाट गर्न नदिनका लागि एमाले राजदूतले सकृय भूमिका खेले।
-अमेरिकाबाट फर्किनासाथ पुष्पकमलले केपी ओलीसंग समन्वय नगरेर माधव-वामदेवहरुसंग छलफल गरे।
-प्रत्यूत्तरमा ओलीले लगानी सम्मेलनमा मातृका यादवलाई भूमिकाविहिन बनाएर अर्थमन्त्रीलाई सकृय बनाए।
-लगानी सम्मेलनपछि ओलीले खर्चको भार देखाउँदै पुष्पकमलकि बुहारीको विदेश भ्रमणलाई रद्द गरि दिए।
-आफू प्र.म. भएर राज्यका निकायहरु परिचालन गर्नु पर्नेमा र अर्को अध्यक्षका रुपमा दाहाल हुँदाहुँदै ओलीले हावाहुरी विपत्तिमा सहयोग गर्न पार्टीपंक्तिलाई आफै आह्वान गरेर ‘पार्टीको अध्यक्ष म नै हुँ’ भन्ने सन्देश दिए।
विदेशीहरुका केही निश्चित काम गर्न केही अवधिसम्मका लागि जोडिएको एमाले-एमाओवादी र त्यसको बहुमतको सरकार अब नयाँ खेलको गोटीका रुपमा धकेल्न थालिएको छ। यूरो-अमेरिकी खेमाले ओलीमाथि दबाब हाल्नका लागि दाहाललाई अगाडि बढाएको छ। ओलीले बहुमतको सरकार बनाएको मौका छोपेर केही काम गराईहाल्ने र बाँकी कामका लागि दाहाललाई अघि बढाउने पश्चिमा रणनीति देखिन थालेकाे छ। अमेरिकाले दिने घोषणा गरेको ५० अर्ब भन्दा बढिको चारो वापत तत्कालका लागि ३ वटा सर्त अघि सारेको छ।
यी सर्तहरुमा उत्तर कोरीयामाथिको अमेरिकी नाकाबन्दीलाई समर्थन गर्नु पर्ने, चीनको बिआरआई प्रोजेक्टलाई रोकेर ईण्डो-प्यासिफिक मामिलामा अमेरीकालाई साथ दिनु पर्ने र ईण्डियाको धर्मशाला जस्तै नेपालमा पनि तिब्बति शरणार्थिहरुको बसोबास र गतिविधिका लागि एकिकृत संरचना बनाउनु पर्ने रहेका छन्।
ओलीले अमेरिकाका यी सबै सर्तहरु अनुमोदनका लागि आँट गर्न नसकेपछि दाहालको कार्ड फ्याँकिएको छ। दाहालको राजनीति हेगको भूत र लुटको धनरक्षामा अट्किएको बुझेका पश्चिमाहरुले यी हतियारहरु उठाएर दाहाललाई खेलाउन सकिने आँकलनका साथ शासक दललाई गिजोल्न सुरु गरेका छन्।







