
विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य कृष्ण धमला गंभीरले ओली सरकारले आफ्नो पार्टीविरुद्ध चैत्र मसान्तभित्र नियन्त्रण गरिसक्ने चेतावनीलाई पागलपनको संज्ञा दिएका छन् ।
जनयुद्धका क्रममा खुमबहादुर खड्काले पनि तीन महिना र ३ वर्षभित्र माओवादी जनयुद्ध समाप्त हुने चेतावनी दिएको स्मरण गर्दै नेता धमलाले ओलीलार्इृ त्यस्तो प्रलाप नगर्न चेतावनी दिए ।
जनपाटी अनलाइनसँगको कुराकानीमा नेता गंभीरले ओली सरकार आफ्नै फासिवादी हर्कतबाट नांगिएको दाबी गरे ।
ओली सरकारले आफ्नै बुद्धि विवेकले नभई विदेशी शक्तिकेन्द्रको आदेशमा आफुहरुमाथि दमन थोपर्न लागिपरेको भन्दैं त्यसको आफ्नो पार्टीले प्रतिरोध गरिछाड्ने चेतावनी दिए ।
प्रतिबन्धपछि आफ्नो पार्टी सिंगो देशमा बलियो शक्तिको रुपमा स्थापित भएको भन्दैं नेता धमलाले अब आफुहरु वैकल्पिक शक्ति भएको दाबी गरे ।







