वरिष्ठ पत्रकार ऋषि धमलाले विप्लव नेकपामाथिको प्रतिवन्ध गलत भएको भन्दै ओली सरकारले यस्तो कदमलाई सच्चाउनुपर्ने बताएका छन् ।
विप्लव नेकपा देशको एक परिवर्तनकारी राजनीतिक शक्ति भएको भन्दै पत्रकार धमलाले सरकारले आफ्नो विश्लेषणमा सच्चाउनु पर्ने बताए ।
जनपाटी अनलाइनसँगको अन्तर्वार्तामा धमलाले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लव देशको शालिन र सच्चा नेता भएको भन्दै उनी अहिले देशको वैकल्पिक नेता भएको धारणा राखे ।
विप्लवबाट आफु निकै प्रभावित भएको भन्दैं पत्रकार धमलाले देशको नेतृत्व गर्न आफ्नो अडानमा लचिलो हुन आग्रह गरे ।
भिडियो –







