वामपंथी विश्लेषक नरेन्द्रजंग पिटरले प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेकपालाई गरेको आक्रमण निवर्तमान माओवादी समुहलाई पनि हो हो भन्दै त्यसका विरुद्ध पूर्व माओवादीहरुले प्रतिकार गर्नुपर्ने बताएका छन् ।

केपी ओलीले विप्लव नेकपालाई सिध्याउने नाममा आफ्नै पार्टीभित्रका प्रचण्ड समुह र नेपालसमुहलाई पनि सिध्याउन प्रतिवन्धजस्ता घातक हतियार प्रयोग गरिएको विश्लेषक पिटरको भनाई छ ।

जनपाटी अनलाइनसँगको कुराकानीमा पिटरले ओली सबैतिर आक्रमण गरेर तानाशाह बन्न खोजेको भन्दैं यस प्रवृतिको सबैले विरोध गर्नुपर्ने बताए ।

गणतन्त्रपछिको परिवर्तनमा खासै भूमिका नखेलेको ओलीलाई अहिलेका परिवर्तनहरु अपाच्य भएको भन्दै विश्लेषक ओलीका कार्यहरुले मुलुकलाई दुर्भाग्यतिर लगेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार