
वामपन्थी विश्लेषक नरेन्द्रजंग पिटरले व्यथिति र अन्यायले देशमा सीमा नाघ्दा सडक खाली भएको तर त्यो सडकको नेतृत्व गर्ने शक्ति नभइरहेको बताएका छन् ।
विप्लव नेकपाले त्यो सडकको नेतृत्व गर्नुपर्ने बेला अहिले कता कता हराइरहेको अनुभूति आफुले गरेको विश्लेषक पिटरको भनाई छ ।
जनपाटी अनलाइनसँगको कुराकानीमा पिटरले विप्लव नेकपाले अलि हतारमा हिंशाको आन्दोलनलाई प्राथमिकता दिएर सडकको आन्दोलनलाई खाली गरेको होकि भन्ने आफुलाई लागिरहेको बताए ।
जनतामा पैदा भइरहेको व्याप्त असन्तुष्टी र आक्रोशलाई समाउने कार्यक्रम र योजना बनाएर विप्लव नेकपाले आफुलाई नयाँ शिराबाट विकास गर्नुपर्ने पिटरले सुझाव दिए ।







