
तत्काली नेकपा माओवादी अध्यक्ष प्रचण्डले चुनबाङ बैठकमा बोलेको ऐतिहासिक गोप्य भिडियो भाषण फेला परेको छ ।
०६२ को असोज कार्तिकमा बसेको तत्कालीन माओवादीको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले बाबुरामलाई कार्वाही गरेको र पुन नेतृत्वमा पुनर्बहाली गरेको कदम नाटक भएको बताएका छन् ।
आफुरुले जनयुद्धमा कयौं पटक नाटक गरेर क्रान्ति गरेको बताउँदै प्रचण्डले सो बैठकमा पनि नाटकै भएको दोहयाएका छन् ।
जनयुद्धमा किरण र सीपीको नाम नलिएका प्रचण्डले आफुपछि वरिष्ठ नेताको रुपमा बाबुराम र बादलको नाम लिएका छन् ।
उनको त्यो अभिव्यक्तिमा किरण र गजुरेलको गिरफ्तारी के हो भन्ने आशंकहरु उठ्ने गरेका छन् ।







