
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आवश्यक परे आफुहरुले बन्दुक उठाउने चेतावनी दिएका छन् ।
आज राजधानीमा आयोजित आफ्नो पार्टीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम सम्मेलनलाई संवोधन गर्दै महासचिव वैद्यले प्रतिक्रियावादीह्रुले बन्दुक बोकिरहेको बेला आफुहरुले पनि बन्दुक बोक्ने चेतावनी दिएका हुन् ।
सभामा बोल्दै महासचिव वैद्यले नेपालमा ओली प्रचण्ड नेतृत्वको नेकपाले कम्युनिस्ट पार्टीको बदनाम गरिरहेको भन्दैं अहिले देशमा सच्चा कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताए ।
वैद्यले विप्लव नेकपा, मोहन विक्रम मसाल, ऋषि कट्टेलको नेकपा, किरातीको माओवादी केन्द्र र आहुतीको पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकतामा आउन अनुरोध गरे ।







