नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले केपी ओलीले पाल्सी कुरा गरेर भ्रष्टचारलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

ओलीले आफु भ्रष्टचार गर्दिन र गर्नेलाई कार्वाही गर्छु भनेर भनेको कुरा सरासर झुठो भएको बताउँदै गजुरेलले ओली सरकारले भ्रष्टचारलाई मौलाउने ठूलो ठाउँ दिएको आरोप लगाए ।

आफ्नो पार्टी निकट मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको काठमाडौंमा आयोजित प्रथम सम्मेलनलाई संवोधन गर्दै सो मोर्चाको अध्यक्ष समेत रहेका गजुरेलले ओली सरकारले निर्मला पन्तको हत्यारालाई संरक्षण समेत गरेको गंभीर आरोप लगाए ।

संवोधनका क्रममा बोल्दै गजुरेलले कम्युनिस्ट पार्टीको ओली सरकारले विप्लव नेकपालाई प्रतिवन्ध लगाउनु संसारमा कहिँ नभएको कार्य गरेको बताए ।

गजुरेलले अब देशमा विद्यमान संविधान र व्यवस्थाको विकल्प नयाँ जनगणतान्त्रिक संविधान र व्यवस्थाको लागि आफुहरुले अब विकल्प खडा गरेको दाबी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार