वैज्ञानिक समाजवादी अभियान नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले माओवादी जनयुद्धबाट आएको नेतृत्वको ठूलो हिस्सा साम्राज्यवादको दलालको रुपमा पतन भएको बताएका छन् ।
क्रान्तिकारी माओवादीको काठमाडौंमा आयोजित सभालाई संवोधन गर्ने क्रममा आहुतीले अबको कम्युनिस्ट आन्दोलनलाई संचालन गर्ने क्रममा नयाँ शिराबाट गर्नुपर्ने बताए ।
सन् ६० को दशकदेखि संसारमा कतैपनि सर्वहारा क्रान्ति सम्पन्न नभइरहेको र हार मात्र भइरहेको बेला अब विचारबाट नयाँ ढंगले विकास नगरिकन क्रान्तिले जित हासिल गर्न नसक्ने आहुतीको भनाई छ ।
संसारमा लेनिनको थेसिसअनुसार चीनलायत विश्वभरि क्रान्ति भएपनि माओको निधनपछि संसारमा कतैपनि क्रान्ति नहुनु विचारमा समस्या रहेको आहुतीको विश्लेषण रहेको छ ।
अबको कम्युनिस्ट आन्दोलन नयाँ वैचारिक धारको विकासबाट मात्र संभव भएको उनको दाबी छ ।







