नेपाली सेनाका पूर्व जर्नेल डा.प्रेमबहादुर बस्न्यातले केपी ओली र प्रचण्डलाई लुटेराको संज्ञा दिएका छन् ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा बस्न्यातले नेपालमा उनीहरुले कम्युनिस्टको नाममा लुटतन्त्र मात्र मच्चाइरहेको भन्दैं लुटतन्त्रको संज्ञा दिएका हुन् ।

प्रचण्डले हालै अमेरिका भ्रमणमा गरेको ७०, ८० लाख खर्चको स्रोतबारे जनताले थाहाँ पाउनुपर्ने बस्न्यातको भनाई छ ।

केपी सरकारले देशमा भ्रष्टचार र लुटतन्त्रलाई बढावा दिइरहेको भन्दैं त्यसका विरुद्ध जनमत आएको बस्न्यातको दाबी छ ।

विप्लवलाई लुटेराको संज्ञा दिने केपी ओली सरकार नै लुटेरा भएको पूर्व जर्नेल बस्न्यातको आरोप छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार