नेकपाका नेता हेमन्तप्रकाश ओली “सुदर्शन”को पक्षमा सर्वोच्चमा दायर भएको बन्दी प्रत्यक्षीकरण रिट सर्वाेच्च अदालतले खारेज गरेकाे छ ।
सर्वाेच्च अदालतकाे ८ नं. इजलासमा पक्षविपक्षबीच सर्वोच्च अदालतमा भएको बहसको सुनुवाइ पछी उक्त रिट खारेज भएको हो।
हेमन्तप्रकाश ओली “सुदर्शन” र लोकेन्द्र खड्कालाई गैर न्यायीक तरिकाले हिरासतमा राखेको भन्दै सुदर्शनकी छोरी विपना ओलीले गत चैत्र १४ गते सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणकाे रिट दायर गरेकी थिइन् ।
नेता सुदर्शनको पक्षमा नेपाल बार एशाेसियसनका नब निर्बाचित अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बरिस्ठ अधिबक्ताहरु एकराज भण्डारी, विस्णु भट्टराई, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, अधिवक्ताहरु कपिल चन्द्र पोखरेल , खगेन्द्र अधिकारी, उपेन्द्र केशरी न्यौपाने, खिमानन्द अधिकारी र हर्कजित लामासहित ९ जनाले बहस गरेका थिए ।
नेकपाका नेता हेमन्तप्रकाश ओली “सुदर्शन”सहित ९ जना नेता-कार्यकर्तालाई काभ्रेको खानी खोलाबाट काठमाडौं आउदै गर्दा बाटोबाट स्कार्प्युसहित प्रहरीले गिरफ्तार गरेको थियो ।







