सत्ताधारी नेकपाका नेता साध्यबहादुर भण्डारीले नागरिकता विधेयक संसदबाट पारित भए देश फिजीकरणहुँदै सिक्किमीकरण हुने दाबी गरेका छन् ।

नेपालमा भारतले आफ्ना ४० लाख नागरिकहरुले नेपाली नागरिकता प्राप्त गरेको स्वीकार गरेको प्रसँग कोट्यादै भण्डारीले अहिलेको नागरिकता विधेयक पारित भए भारतका यूपी र बिहारका करोडौं नागरिकले सहजै नेपाली नागरिकता लिने ठोकुवा गरे ।

जनपाटी अनलाइन टिभीसँगको लामो अन्तर्वार्तामा भण्डारीले गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा पेश गरेको सो विधेयक पारित भए नेपाल भारतमा विलय हुने निश्चित भएको भन्दै सो राष्टघाती विधेयक पारित हुन नदिन सबैले खबरदारी गर्नुपर्ने बताए ।

गृहमन्त्री रामबहादुर थापा बादल तत्कालीन सिक्किमका नेता लेण्डुप दोर्जे बन्ने कसरतमा रहेको भन्दैं नागरिकता विधेयक पारित भए बादलको सम्पूर्ण जीवन समाप्त हुने चेतावनी दिए ।

भिडियो वार्ता-

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार