
वरिष्ठ पत्रकार एवं विश्लेषक निमकान्त पाण्डेले केपी ओली र प्रचण्डले आमुल परिवर्तनको बाटो छोडेपछि त्यो बाटो अहिले नेत्र विक्रम चन्द विप्लवले समाएको बताएका छन् ।
०२८ सालमा हतियारबद्ध संघर्ष गरेका ओली र दश वर्षे जनयुद्ध गरेका प्रचण्डले ती आन्दोलनका लक्ष्यहरु भुलेर बाटो बिराएपछि अहिले विप्लवले त्यही बाटो समाएको बताए ।
जनपाटी अनलाइन टिभीसँगको अन्तर्वार्तामा पाण्डेले ओली सरकारको प्रतिवन्धपछि विप्लव झन् वैकल्पिक नेताको रुपमा स्थापित भएको दाबी गरे ।
ओली सरकारले विप्लव नेकपालाई प्रतिवन्ध गरेपछि पुन विप्लव नेकपाले ओलीलाई प्रतिजबाफमा गरेको प्रतिवन्धले मुलुक द्धन्द्धमा फस्ने भन्दै सरकारले जिम्मेबार भएर वार्ताको पहल गर्नु पर्ने वरिष्ठ पत्रकार पाण्डेको भनाई छ ।
विप्लव नेकपाले भ्रष्टचारीहरुलाई कार्वाही गरेर सही गरेको भन्दै पाण्डे त्यो अभियान त सरकारले संचालन गर्नु पर्ने बताए ।
ओली सरकारको दोस्रो कार्यकाल पूर्ण रुपले असफल भएको भन्दैं यहीकारण देशमा जनताले विकल्प खोज्न थालेको जिकिर गरे ।
पाण्डेले त्यही विकल्पको रुपमा अहिले केही जनता राजा खोजिरहेका छन् भने धेरैले विप्लव नेकपालाई रोजिरहेको बताए ।







