
ओली सरकारको फासिवादी दमनका विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण लामो दुरीका सवारी साधान ठप्प छन् भने काठमाडौँ उपत्यकामा पनि फटफुट मात्रै सवारी साधान चलेका छन् । रातिबाट पूर्वपश्चिम राजमार्ग सुनसान छ । सुरक्षाकर्मी, एम्बुलेन्सलगायतका अत्यवशकीय यातायात बाहेक सार्वजनिक तथा नीजि सवारी सधान चलेका छैनन् ।
बन्दकै बीचमा पोखराको मुख्य चोकमा प्रेसर कुकर बम फेला परेको छ । पोखराको जिरोकिलोमिटरमा प्रेसर कुकुर बम फला परेको हो ।
नेपाल प्रहरीले टोलीले सो क्षेत्रलाई सुरक्षा दिएको छ । बम डिस्पोचको लागि नेपाली सेना आउन लागेको बताइएको छ । बन्दका कारण पोखरा पूर्णरुपमा ठप्प छ ।
यसैबीच पाल्पामा बम विस्फोट भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–३ खस्यौलीमा बम पड्किएको समाचार प्राप्त भएको छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ ।
यसैगरी बन्दको कारण रुपन्देही पनि पूर्ण रुपमा प्रभावित भएको छ । पत्रकार शिव डुम्रेका अनुसार बिहान ३ बजेतिर सैनामैनामा ठूलो आवाजसहित बिस्फोट भएको खबर प्राप्त भएको छ । देवदहको धकधैइमा पनि बिहान ४:३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन् ।
कन्चन गाउँपालिका परिसरमा बम फेला परेको छ भने प्रहरी त्यसतर्फ पुगेको छ । अहिले त्यसतर्फ डिस्पोजल टोलि जाँदै गरेको प्रहरीले जानकारी दिएको छ ।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको बसमा पेट्रोल बम प्रहार भएको सूचना प्राप्त भएको छ । रुपन्देहीको कोटीहवा नजीकै (टाईगर प्यालेस जाने बाटोमा) बम भेटिएको छ ।







