
जनार्दन शर्मा जब स्थानीय जनजाती पोशाकमा कलाकारसँग नाँच्न पुग्छन् ।
भीड उनको नाँच हेर्न अगाडि ठेलाठेल गरेर अगाडि बढ्छन् । प्रहरीले उनीहरुलाई अगाडि बढ्न दिदैन । बरु प्रहरीले बल प्रयोग गर्छ ।
यी दृश्य पश्चिम रुकुमको एक सांस्कृति कार्यक्रमको हो ।
संसदीय राजनीतिमा संसदीय नेताहरु कि त चुनावको बेला गाउँ चहार्छन्, कि त मेला वा क्लवहरुको सांस्कृतिक झाँकीहरुमा टुप्लुक्क पुगेका हुन्छन् ।
त्यही क्रममा सत्ताधारी नेकपाका नेता जनार्दन शर्मा प्रभाकर हालै पश्चिम रुकुमको एक सांस्कृतिक झाँकीमा देखिन्छन् । सो झाँकीमा शर्माको निकै जोशिलो पारामा नाँचिरहेको एउटा भिडियो सार्वजनिक भएको छ ।
जनार्दन शर्माले आफ्नो फेसबुकमार्फत् सो भिडियो राखेका हुन् ।
स्थानीय जनजाती पोशाकमा कालिकोटको हुड्के नाँचमा देखिएका शर्मा कलाकारहरुसँग केहीबेर मज्जाले नाँचिरहेका छन् ।
शर्माको त्यो नाँच स्थानीय जनतालाई प्रभावित पार्न गरिएको स्टन्ट बाहेक अरु केही हुँदै होइन ।
किनकि जनताका समस्याहरु ज्युँका त्युँ बाँकी रहिरहेको बेला संसदीय नेताहरु जनताको भावनासँग खेल्न यस्ता स्टन्टहरु गरिरहन्छन् ।
सरकारी नेकपाका नेता शर्माको नाँच पनि त्यसैको कडी हो भनेर फरक नपर्ला ।







