ओली सरकारले  नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’लाई दाङबाट गिरफ्तार गरेको छ ।

आर्दश र असलसँगै सहिद परिवार लालबहादुर ओली ‘विश्व’लाई प्रहरीले गिरफ्तार गरेको छ । बैशाख ६ गते दाङ जिल्लाको तुलसीपुर उपमहानगर पालिकाबाट केपी–बादल गृहप्रशासनले उनीहरुलाई गिरफ्तार गरेको हो ।

यसै गरी रोल्पाको बाघमारामाको मेलाबाट रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढालाई पनि गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । उनीहरुलाई कहाँ लगेको हो भन्ने कुनै जानकारी प्राप्त भएको छैन ।

यसअघि नेता खड्कालाई २०७५ भाद्र ५ गते काठमाडौँ जाँदै गर्दा धादिङको नौबिसेबाट सादा पोसाकका प्रहरीले गिरफ्तार गरी बुटवलको इलाका प्रहरी कार्यालय हिरासतमा राखेको थियो । उनलाई गिरफ्तार गरेको दुई दिनपछि मात्र बुद्ध एयरबाट बुटवल ल्याइएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार