सुशान्त न्यौपाने । नयाँ वर्षको अवसरका तारकेश्वर ९ मा बृहत “तारकेश्वर सांस्कृतिक कार्यक्रम” सम्पन्न भएको छ ।
मनमैजुको नवीन नगर चउरमा भएको कार्यक्रममा हजारौं दर्शकहरुको उपस्थित रहेको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती कलाकारहरुले बेजोड प्रस्तुति पस्केका थिए । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको आयोजना र तारकेश्वर ९ नं. वडा कार्यालयको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा काठमाडौं क्षेत्र नं. ६ का प्रदेश सांसद् योगेन्द्र संङ्ग्रौला, विशेष अतिथि वरिष्ठ छातिरोग विशेषज्ञ डा. केदार नरसिंह केसी र तारकेश्वर ९ नं. वडाका वडाध्यक्ष बलराम सिटौलाको उपस्थिति रहेको थियो । दिउँसो ३ बजेदेखि सुरु भएको कार्यक्रमको सभापति नवीन नगर उपभोक्ता तथा टोल विकास समितिका अध्यक्ष तथा पत्रकार रामशरण न्यौपाने ‘सुशान्त’ गरेका थिए भने कार्यक्रम सञ्चालनमा नवीन नगरका वरिष्ठ सल्लाहकार शिवहरि लामिछाने र सचिव चेत नारायण न्यौपानेले गरेका थिए ।
स्वागत मन्तव्य जीवन ज्योती स्कुलका भाइस प्रिन्सिपल अवसर पौडेलले अतिथिहरुलाई स्वागत मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालनपछि केही समय पानीले डिस्टर्व गरेपनि रातको ११ बजेसम्म सांस्कृतिक कार्यक्रमले निरन्तरता पायो । कार्यक्रममा हाम्रो नवीन नगर भन्ने गीतमा अस्मिता न्यौपाने नृत्यबाट सुरु गरिएको थियो । बालकलाकार आसुतोष कोइरालाले “तुलसी रोपौं आँगनीमा” भन्ने गीतले प्रमुख अतिथि लगायत सबैलाई स्तव्ध बनाएको थियो । नृत्यङ्गना पुजा श्रेष्ठ र जेनिसा श्रेष्ठको नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा लोकदोहोरी गायिका अमृता लामिछाने, लोक गायक राजकुमार बानियाँ, शर्मिला रायमाझी, सिर्जु अधिकारी, बन्दना पाण्डे, ज्योति न्यौपाने, प्रकाश कटुवाल र भिमसेन खतिवडाले स्थानीय दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । प्रमुख अतिथि सांसद् योगेन्द्र संगा्रैलाले नयाँ वर्षको शुभकामना दिँदै बालकलाकार आसुतोष कोइरालाको गीतको प्रशंसा गरेका थिए । उनले नवीन नगर उपभोक्ता तथा टोल विकास समितिका अध्यक्षको खुलेर प्रशंसा गर्नुका साथै आयोजकलाई धन्यवाद दिएका थिए । सक्रियतापूर्वक टोलमा ठूला–ठूला कार्यक्रम निरन्तर गरिरहनु सानो कुरा होइन ।
कार्यक्रममा शुभकामना स्कुलका पूर्व विद्यार्थीहरुले वि बोइङ डान्स प्रस्तुत गरेका थिए भने नवीन नगरका सल्लाहकार तथा प्रधानमन्त्री कार्यालयका लेखा प्रमुख (उपसचिव) कृष्णप्रसाद देवकोटाले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । राजकुमार बानीयाँको “बाँझो भयो खेतबारी”, “फेसबुक” लगायतका धेरै गीतले दर्शकको मन जित्न सफल भएका थिए । लोकदोहोरी गायिका अमृता लामिछानेको “जोडी ढुकुर, वैँशले चेपेयो रे र यौटा गोरु झाले…” जस्ता गीतले दर्शकहरूको मन जित्न सफल भएको थियो । ज्योति न्यौपानेको स्याङ्जालीलाई नभन जाली र पानको पात भन्ने लोकदोहोरीमा ज्योती र बन्दनाको घम्साघम्सी परेकमो थियो ।
शर्मिलाको जिरो फिगरले कार्यक्रमलाई तताएको थियो । भिमसेन खतिवडाको “जाली रुमाल खल्तिमा, सालको पात, मेलम्चीको पानी” लगायतका गीतले दर्शकहरुमा रौनक छाएको थियो । सिर्जु अधिकारीको छेकेन जामाले, ब्याण्ड बाजा, माछिले धान खायो” लगायतका गितहरुले दर्शकहरुमा मनोरञ्जन दिन सफल भएको थियो । चर्चित गायक प्रकाश कटुवालले लगभग ६–७ ओटा गीतहरु “यो रक्सीको गन्ध, फुल फुल्यो केशरी, केटी मिलाउने” जस्ता गीतहरुले दर्शकहरुमा अत्यधिक मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रमको सह प्रायोजकहरुमा इन्डिगो पेन्ट्स, आइएमई मनि ट्रान्सफर, ग्लोवल आइएमई बैंक, प्रभु बैंक एनआइसि एसिया बैंक, मेगा बैंक नेपाल, कुमारी बैंक, नेपाली मन उद्योग, शुभकामना इङलीस स्कुल, मनमैजु माध्यमिक विद्यालय, हिम रश्मी स्कुल, जीवन ज्योती स्कुल, पिस ल्याण्ड एकेडेमी, एन्जल हार्ट माध्यमिक विद्यालय, लालिगुराँस नेशनल एकेडेमी, इमेज एकेडेमी, नर्थ पोइन्ट एकेडेमी, तारकेश्वर सरसफाई तथा वातावरण संरक्षण प्रा.लि., मनमैजु महिला सामुदायिक अध्ययन केन्द्र, आर. डी. फुटवयेर, शुभधारणा गु्रप, सुमार्ग हार्डवयर, मनमैजु बहुउद्देश्यीय सहकारी लिमिटेड, प्रोमिनेन्ट किड्स स्कुल, नेपाल हिलटप इन्डस्ट्री, त्रिशुली मिनिरल्स एण्ड बेभरेज प्रा.लि. रहेको थियो भने मिडिया पार्टनरहरुमा फरकपत्र मिडिया प्रा.लि., मेरो टिभी, जनपाटी डटनेट, संकल्पन्युज डटकम, मिर्मिरेअनलाईन डटकम, सामाजिक पत्र लगायतको रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार