
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसहित ६ कम्युनिस्ट पार्टीले कार्यगत एकताको सहमति गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको (क्रान्तिकारी–माओवादी) सहित ६ ओटा पार्टीहरुबीच सरकारको हर्कतका विरुद्ध विरुद्धम कार्यगत एकता गर्ने सहमति गरेका हुन् ।
शुक्रबार क्रान्तिकारी माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छलफलमा सहभागी एक नेताले यस्तो जानकारी दिए ।
बैठकमा मसालका प्रतिनिधि चित्रबहादुर केसि, गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्र, ऋषि कट्टेल नेतृतवको नेपाल कम्युनिष्ट पार्टी, सिपि मैनाली नेतृत्वको नेकपा (माले) लगायतका छ पर्टीहरुबीच कार्यगत एकता तयारी सकारात्मक रुपमा अगाडी बढेको जनाइएको छ ।
गोपाल किराती नेतृत्वको माओवादी केन्द्रका महासचिव सुशिल बुढाथाकीका अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई गैर कानूनीरुपमा लागाइएको प्रतिबन्ध तथा नेता–कार्यकर्ताहरुलाई धरपकड र झूटा मुद्धामा पसाउने कार्यको विरोध, पछिल्लो पटक नागकिता प्रकण, वाइडबडी, बालुवाटारको सरकारी जग्गा अतिक्रमण विरुद्ध आन्दोलनको तयारी गर्ने बताइएको छ ।







