
सबै सुरक्षा निकायले पाँच घेरामा सुरक्षा दिइएको जितगढी विजयोत्सवमा सहभागी भएको प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमको मंच नजिकै पुगेर अर्घाखाँची घर भएका एक युवकले कालोझण्डा देखाएका छन् ।
कालो झण्डा देखाउने अर्घाखाँची घर भएका बुटवलमा बस्दै आएका रुद्रप्रसाद घिमिरेले प्रधानमन्त्रीलाई कालोझण्डा देखाएउँदै नारा लगाएका थिए । उनले ‘जितगढी जिन्दावाद, उजिरसिंह अमर रहुन्, हाम्रो देश प्राणभन्दा प्यारो छ’ नारा लगाएका थिए ।
प्रधानसेनापति समेत सहभागी उक्त कार्यक्रमको सुरक्षा व्यवस्था नेपाली सेनाले जिम्मा लिएको थियो भने जनपथ, सशस्त्र र सिआइबीले सुरक्षा दिइरहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहँदा ति युवाले कालो झण्डा देखाएपछि कार्यक्रममा खैलाबैला मच्चिएको थियो ।
यसैबीच प्रधानमन्त्री ओलीले बोल्न रोकेर , ‘झण्डा देखाइरहेको छ, कहाँ गयो सुरक्षाकर्मी ? के हेरिरहनुभएको तपाईहरुले ?’ भन्दै कट्किएका थिए । कालो झण्डाभन्दा प्रधानमन्त्रीले बोल्न रोकेर त्यसो भनेपछि सहभागी सबै हाँसेका थिए ।
https://www.youtube.com/watch?v=u5YFPBpaYDg&t=9s







