‘विप्लवलाई वार्ताका लागि दबाब’ भन्ने अन्नपूर्ण दैनिकले आइतबार प्रकाशित गरेको समाचारलाई नेकपाका पोलिटव्युरो सदस्य अनिल शर्मा विरहीले भ्रमपूर्ण र कपोल्पित समाचार भनेका छन् ।

नेकपाका पूर्वी कमान्ड इन्चार्ज समेत रहेका अनिल शर्मा विरहीले आफ्नो नाम जोडेर केही सञ्चारमाध्यममा पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको भन्ने समाचार नियोजित भ्रामक रहेको भन्दै प्रेस विज्ञेप्ती जारी गरेर खण्डन गरेका छन् ।

‘केपी ओली र बादल सरकारले नेकपाका विरुद्ध प्रचारयुद्धलाई घनीभूत बनाएको छ । मेरो नाम जोडेर नेकपाको नेतृत्वलाई वार्ताका लागि दबाब दिएको भनी सार्वजनिक भएको समाचार भ्रमपूर्ण, कपोलकल्पित हुनुका साथै फुटाऊ र राज गर भन्ने मनसायबाट निर्देशित छ ।’अनिल शर्माविरहीद्धारा जारी विज्ञेप्तीमा भनिएको छ ।

अनिल शर्माविरहीद्धारा जारी विज्ञेप्तीमा अगाडि भनिएको छ, ‘सैद्धान्तिक रुपमा हामी वार्ताका विरोधी होइनौँ भन्ने कुरा पटकपटक सार्वजनिक गर्दै आएका छौँ तर अहिले वार्ताको न सन्दर्भ छ, न त औचित्य नै । यसप्रकारको समाचारमा कुनै सत्यता नरहेको तथा पार्टीको नीति र कार्यक्रमप्रति हामी सबै दृढ रहेको सबैमा अपिल गर्दछु ।’

विज्ञप्तिको  पूर्णपाठ…..

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार