
प्रहरीद्वारा पुनः पक्राउ पर्ने आशंकामा बैशाख ८ गते नेकपाका एक कार्यकर्ता राष्ट्रिय मानवअधिकार आयोग पुगेका छन् ।
जिल्ला अदालत बाँकेबाट मानवअधिकार अनुगमन टोलीको निगरानीमा साधारण तारेखमा छुटेका दानबहादुर फडेरा आयोग पुगेका हुन् ।
प्रहरीले पुनः पक्राउ गर्ने आशंकामा फडेरा आयोगको कार्यालय पुगेका हुन् । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले फडेरा आयोगमै रहेको बताएका छन् । ‘उहाँ प्रहरीप्रति आशंकित भई आयोग आउनु भएको हो’, उनले भने, ‘हामीले घटनाबारे बुझिरहेका छौं ।
फडेरा अहिलेसम्म आयोगको कार्यालयमा नै हुनुहुन्छ उहाँले बाहिर असुरक्षित अनुभुति गरेपछि हामीले कार्यलयमा नै राखेका छौं । आयोगका एक अधिकारीले भने, साथै प्रहरीले राति १० बजे आयोग कार्यालय पुगि सुरक्षा गार्डलाई ढोका खोल भन्दै दुर्ववहार गरेका छन् ।
अदालतले तारेखमा छाडेका व्यक्तिलाई लिएर प्रहरीले कार्यालय नै घेराउ गरेपछि मानवअधिकार आयोगको नेपालगञ्ज कार्यालयले केन्द्रीय कार्यालयमा खबर ग¥यो । आयोगले कार्यालय घेराबन्दी गर्नु र कार्यालय प्रमुखलाई दबाव दिनु आयोगको स्वतन्त्रता, स्वायत्तता र मर्यादामाथि ठाडो अस्तक्षेप भएको बताएको छ ।
आयोगले फडेरालाई सकुसल घर फिर्ता पठाएरु परिवारको जिम्मा लगाएर आफूलाई जानकारी दिन प्रमुख जिल्ला अधिकारी र बाँके प्रहरी प्रमुखलाई निर्देशन दिएको छ ।
साथै डीएसपी सिंहको कामकारबाही र व्यवहारबारे छानविन गरी विभागीय कारबाही गर्न र यस्ता घटना दोहोरिन नदिन प्रहरी महानिरीक्षकलाई निर्देशन दिएको छ ।







