
वरिष्ठ वामपन्थी विश्लेषक श्याम श्रेष्ठले कुनैबेलाका क्रान्तिकारी बनेका केपी ओली र प्रचण्डहरु कालान्तरमा आएर दलाल पुँजीपति वर्गमा फेरिएको आरोप लगाएका छन् ।
७० वर्षको कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा जनपाटी अनलाइन टिभीसँगको लामो कुराकानीमा विश्लेषक श्रेष्ठले सिंहदरबार बदल्न आएका क्रान्तिकारी नेताहरु भ्रष्ट बनेर निस्केको बताए ।
विश्लेषक श्रेष्ठले प्रचण्डहरु जनयुद्धबाट सिंहदरबार बदल्न आएको तर उनीहरु खुमबहादुर बनेर निस्केको आरोप लगाए ।
नेपालको जमिन कम्युनिस्टको उर्वर भूमि भएपनि आन्दोलनबाट आएका कम्युनिस्ट नेताहरु सत्तामा पुगेपछि बदनाम भएको श्रेष्ठको दाबी छ ।
केपी ओली र प्रचण्ड अहिले कम्युनिस्ट नाममा बदनाम कम्युनिस्ट नेता बनेको उनको आरोप छ ।







