नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले ओली प्रचण्ड नेतृत्वको सरकार पूर्णत असफल भएको भन्दै यो असफलता संसदीय व्यवस्थाको असफलताको परिणाम भएको बताएका छन् ।

आफुहरुले प्रचण्ड बाबुरामसँग गरेको दुईलाइन संघर्षको मुख्य कारण त्यही दलाल संसदीय व्यवस्थाको खारेजीमा रहेको प्रसँग कोट्याउदै विप्लवले प्रचण्डहरु उही संसदीय व्यवस्थामा आत्मसमर्पण गर्न पुगेको आरोप लगाए ।

हालै आफ्नै पार्टी निकट एक पत्रिकालाई दिएको अन्तर्वार्तामा महासचिव विप्लवले ओली प्रचण्डको असफलताले देशमा वैज्ञानिक समाजवादको विकल्प खडा भएको दाबी गरे ।

वैज्ञानिक समाजवादी धु्रवलाई बलियो बनाएर लैजान सके देशले ठूलो राजनीतिक परिवर्तन आउने विप्लवको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार