खुलामञ्च अतिक्रमण गरेर बनाईएका सटर काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

पसल भत्काउनका लागि शनिबार नै डोजर परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयरको प्रतिवेदन आउन ढिलाइ हुने भएकोले खुलामञ्चमा डोजर लगाएको बताए

खुलामञ्च अतिक्रमण गरी व्यापारिक प्रयोजनका लागि सटर बनाएर व्यापार थालेपछि तीव्र विरोध भएको थियो।

महानगरले खुलामञ्च अतिक्रमणबारे बुझेर प्रतिवेदन दिन उपमेयर हरिप्रभा खड्गीलाई जिम्मेवारी दिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार