प्राध्यापक तथा राजनीतिक विश्लेषक पी खरेलले देश ००७ सालपछि निकै संकटपूर्ण अवस्थामा रहेकोे भन्दै देशलाई अब नयाँ नेतृत्व दिने शक्ति विप्लव मात्र खडा भएको बताएका छन् ।

देशमा संसदीय शक्तिहरु पूर्णत असफल भइसकेको बेला यसअघिको राजावादी शक्ति तितरवितर भइरहेको बेला विप्लव नेकपा मात्र अहिले बलियो शक्तिको रुपमा देखा परेको प्राध्यापक खरेलको भनाई छ ।

जनपाटी अनलाइन टिभीसँगको लामो कुराकानीमा प्राध्यापक खरेलले देशमा अहिले संसदीय शक्तिहरु जनमतको बलबाट सत्तामा पुगेर भ्रष्टतन्त्रलाई बढावा दिइरहेको बेला विप्लव नेकपा एउटा वैकल्पिक शक्तिको रुपमा देखा परेको बताए ।

सत्तामा रहेको सत्ताधारी नेकपाका नेताहरु अहिले विदेशी शक्तिकेन्द्रको निर्देशनमा देशलाई डरलाग्दो खाडलतिर लगिरहेको बेला मुलुकलाई बचाउने जिम्मा विप्लव नेकपासहित राष्ट्रवादी शक्तिको काँधमा आएको बताए ।

राष्ट्रवादी र देशभक्त शक्तिहरुलाई नेतृत्व गर्ने अहिले विप्लव नेकपा मात्र भएको भन्दै प्राध्यापक खरेलले मुलुकको विषम स्थितिमा विप्लव नेकपा र राष्ट्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताए ।

प्राध्यापक तथा विश्लेषक खरेलले यही ०७६ सालभित्र ठूलो राजनीतिक उथलपुथल हुने विश्लेषण समेत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार