नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुक फेरि अर्को ठूलो आन्दोलनको पर्खाइमा रहेको बताएका छन् ।

केही दिनअघि एक पत्रिकामा लामो लेखेर बाबुरामले मुलुक अर्को उथलपुथलको पर्खाइमा भन्दैं सत्तामा बसेका नेताहरुलाई खबरदारी गरेका थिए ।

सोमबार संसदको बैठकमा बोल्दै बाबुरामले यस्तै भाषण बोलेका छन् ।

राजनीतिक र आर्थिक परिवर्तनका कामहरु अबरुद्ध भएको भन्दैं उनले विप्लव नेकपाको असन्तुष्टी र विद्रोहलाई बेलैमा संबोधन गर्नुपर्ने बताए ।

झण्डैं आधा घण्टा संसद बैठकमा बोल्दै बाबुरामले शासकहरुले यही स्थिति रहिरहन दिए मुलुक ठूलो आन्दोलनको पर्खाइमा रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार