सत्ताधारी नेकपाभित्र रामबहादुर थापा बादल निकट नेता नै नागरिकता विधेयकविरोधी आन्दोलनमा सहभागी भएका छन् ।

सोमबार राजधानीमा आयोजित नागरिकता विधेयक विरुद्धको आन्दोलनमा शर्मा सहभागी भएका हुन् । शर्मा आन्दोलनमा सहभागी मात्र भएनन् र्यालीपछिको कोणसभालाई पनि संवोधन गरे ।

कोणसभालाई संवोधन गर्दै शर्माले नागरिकता विधेयक राष्टघाती भएको भन्दै यो विधेयका विरुद्ध जस्तोसुकै आन्दोलन गर्न आफु तयार रहेको बताए ।

सो नागरिकता विधेयक विरुद्धको आन्दोलनमा नेकपा मसालका नेता चित्रबहादुर केसी, नेकपा मालेका नेता सीपी मैनालीलगायत नेताहरुको सहभागिता रहेको थियो ।

नयाँ वानेश्वरस्थित संसद भवनअगाडि नागरिकता विधेयकलाई आन्दोलनकारीहरुले जलाउन खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

https://youtu.be/_6_76LmE414

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार