तत्कालीन माओवादी र सरकारबीच दोस्रो पटकको वार्ता चलिरहँदा डा बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुरथापा बादलसहितको टोली सरकारसँग वार्ताका लागि काठमाडौं आएको थियो ।
वार्ताका क्रममा रामबहादुर थापा बादलले जनयुद्धका क्रममा माओवादी पार्टीका नेता कार्यकर्ताहरु जो बेपत्ता भएका थिए, उनीह्रुको परिवारसँग अन्तक्रिया गरेका थिए । सो भिडियो फेला परेको छ ।
सो अन्तक्रियामा उनले बेपत्ता पारिएका साथीहरुलाई सत्तामा पुगेपछि कि त पत्ता लगाइ छाडिनेछ र कि त हत्यारालाई कार्वाही गरिनेछ भनेर बोलेका छन् ।
आज बादल सत्तामा छन् । सत्ताको मुख्य भाग ओगट्ने मुख्य अड्डा गृहमन्त्रीको पदमा छन् । जनयुद्धका बेला बेपत्ता पारिएका आफ्ना साथीहरुलाई उनले खोजीनीति गरेका छन् या के गरिरहेका छन् ?
तर त्यो बेलाका बादलले बोलेको भिडियोले भने बादल जनयुद्धमा माओवादीका बेपत्ता योद्धाहरु छिट्टै पत्ता लाग्छन्जस्तै गरी बोलेका थिए ।
आज बेपत्ता परिवारले सोधिरहेका होलान् बादलजी, आज तपाई सत्तामा हुनुहुन्छ, सत्ताको मुख्य अड्डा गृहमन्त्रीको जिम्मा लिनु भएको छ, के बेपत्ता योद्धाहरु सबै कहाँ छ्न पत्ता लगाउनु भो त ?







