प्रहरी हिरासतमा रहेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको स्वास्थ्य अवस्था पनि गंभीर रहेको पाइएको छ ।

नेकपाको मध्यकेन्द्रीय कमान्ड इन्चार्ज र उक्त पार्टीको केन्द्रीय पार्टी स्कुलिङ विभागका इन्चार्ज रहेका नेता सुदर्शन विगत १२ वर्षदेखि उच्च रक्तचाप र ७ वर्षदेखि मधुमेहका बिरामी छन् । पारिवारिक स्रोतका अनुसार सुदर्शन पछिल्लो समय कोलेस्ट्रोल, युरिक एसिड, प्रोस्टे«ट र खाना नपच्ने समस्याबाट समेत पीडित छन् । दैनिक ५ प्रकारका औषधी सेवन गर्ने गरेका उनी पक्राउ परेसँगै हिरासत र जेलको बसाइका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ ।

यही सोमबार दाँतको उपचारका लागि उनलाई सरकारी अस्पताल वीर अस्पतालमा लगिएको थियो भने अहिले उनको रक्तचाप निकै उतारचढाव हुने गरेको र अनियन्त्रित बनेपछि उनको घरपरिवार चिन्तित बनेका छन् ।

राजद्रोह र बम विस्फोटको मुद्दामा चैत ९ गते काभ्रेबाट पक्राउ परी वैशाख १० गते अदालतको आदेशमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेल चलान गरिएका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र प्रहरी हिरासतमा बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको हो ।

यस्तै चैत २४ गते आइतबार सरर्वोच्च अदालतको आदेशमा रिहालगत्तै गेटबाटै गिरफ्तार गरिएका नेकपाका पोलिटब्युरो सदस्य जीवन्त मधुमेह र मृगौला रोगबाट पीडित छन् । उनले त्यससम्बन्धी दैनिक रूपमा कडा औषधी लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार