लामो समय प्रहरी हिरासतबाट रिहा भएका जनपत्रकार जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले गर्यो अभिनन्दन गरेको छ ।

जनपत्रकार संगठन, नेपाल काठमाडौंका संयोजक समेत रहेका जितेन्द्र महर्जनलाई नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले अभिनन्दन गरेको हो । उनी सर्वाेच्च अदालतको आदेशमा बैशाख १७ गते रिहा भएका थिए ।

अभिनन्दनपछि बोल्दै रिहाइकालागि पहल गर्ने नेपाल पत्रकार महासंघ, जनपत्रकार संगठन नेपाल लगायत सबैलाई धन्यवादसहित आभार प्रकट गरे ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकटमा परेको भन्दै सबै एकजुट हुन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार