जनयुद्धका क्रममा दोस्रो वार्ता ०५९ साल माघमा तत्कालीन नेकपा माओवादी र शाही शासनको सरकाबीच भएको थियो ।
त्यो बेला तत्कालीन नेकपा माओवादीले आफ्नो वार्ता टोलीको संयोजकमा डा बाबुराम भट्टराईको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोेली बनाएको थियो । अन्य सदस्यहरुमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुन र मातृका यादव थिए ।
सरकारी वार्ता टोलीमा संयोजक बद्री प्रसाद मंडल थिए भने सदस्यहरुमा नारायणसिंह पुन, रमेशनाथ पाण्डेलगायत थिए ।
त्यो वार्ताका क्रममा बाबुरामले तत्कालीन राजा ज्ञानेन्द्र विरुद्ध बोलेको भाषणले बाबुरामसँग ज्ञानेन्द्रले भेट्न मानेनन् । बाबुरामले त्यो बेला राजाका विरुद्ध संसदवादीहरु एक ठाउँमा आउनुपर्ने बोलेका थिए ।
बरु त्यो बेला ज्ञानेन्द्रले आफ्ना दुत रामबहादुर थापा बादलसँग भेट्न पठाएका थिए ।यो कुरा ज्ञानेन्द्रका अवकाश नीजि सचिवले आफ्नो आत्मवृतान्तमा उल्लेख गरेका छन् ।
त्यो बेला बाबुरामले के भाषण गरेका थिए ? यस्तो छ भाषणको पूरा भिडियो







