विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईले सरकार वार्ताप्रति गंभीर छ भने उसले उसले तत्काल पत्र लेख्नुपर्ने बताएका छन् ।

वार्ता अहिलेको अवस्थामा संकटको निकास भन्दै राईले सरकारले पत्र लेख्यो भने आफ्नो पार्टी पनि वार्तामा जानुपर्ने बताए ।

जनपाटी अनलाइन टिभीसँगको कुराकानीमा राईले आफ्नो पार्टी नेकपा पनि वार्ताबारे लचक बनेर प्रस्तुत हुनुपर्ने धारणा राखे ।

आफ्नो पार्टीले पार्टीका धारणाहरु सार्वजनिक रुपमा बाहिर राख्नका लागि पनि वार्ताका लागि लचक बन्नु पर्ने धारणा राईको धारणा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार