सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टीभित्रको सैद्धान्तिक धार ‘बोन्सायी’ झार जस्तो भएको बताएका छन्।

पार्टीभित्र कुनै पनि प्रकारको अनुशासन नभएको जिकिर गर्दै उनले सो कुरा बताएका हुन्। कार्लमाक्र्सको २ सय १ आंै जन्मशताब्दी मनाउने कार्यक्रमको तयारीका क्रममा उनले सो कुरा बताएका हुन्। ‘बोन्सायी जापनीजहरूले मूल जरो काटिदिएपछि बढ्दो रहेनछ, अनि गमलामा सजाइदिने। अहिले सिद्दान्तको अवस्था वाम आन्दोलनमा बोन्सायी भएको उनले कम्पनी हुँदा कम्पनीको अनुशासन, पार्टी हुँदा पार्टीको अनुशासन, क्लबमै पनि अनुशासन हुन्छ। के भएको छ, भएको छ थाह छैन,’ नेता भुषाले भने।

उनले अबको सबैको यात्रा समाजवाद हो भने कस्तो हुने सबैको अजेन्डा हुनुपर्छ। जब राजनीतिक पार्टी सिद्दान्तबाट च्यूत हुन्छ, कार्यभार भुल्छ र संगठन कस्तो बनाउने भन्ने हुँदैन, त्यसपछि संगठन नेताहरूको चाकरी मात्र गर्ने गुट जस्तो हुन पुग्ने उनले दाबी गरे। ‘यसो गर्दागर्दै मान्छे पार्टीमा होइन, गुटमा प्रवेश गर्दो रहेछ। किनभने पार्टी भन्ने करिब–करिब अस्तित्वमा नहुने। किनभने पार्टीको त सिद्दान्त हुन्छ। मान्छे प्रवेश गर्दा व्यावसायिक, मनोवैज्ञानिक, ठेक्कापट्टाको सुरक्षा, खानी खोला नामसारी, दोहन गर्न, जागिर पाउन, प्रमोसन पाउन हुँदोरहेछ,’ उनले भने, ‘मान्छेको मूल्यांकन गुटले गर्छ। गुटको बफदारी पार्टीहरूमा मान्छेहरूको हैसियत निर्धारण गर्ने कुरा भयो। हामी सांगठनिक हिसाबले हामी असाध्यै अप्ठ्यारोमा छौं, म त्यसलाई अकल्पनीय भन्छु। कम्युनिस्ट पार्टीको ब्यानरमा संगठनको यो तरिका जसलाई ब्यानरमा लेनिनवादी भनिन्छ, यो भन्दा विरोधाभाष अरु केही छैन। ’

नेता भुषालले सिद्दान्तमा छलफल नगर्दा डेमोक्रेसी झन् झन् डिरेल भएर व्यक्तिगत स्वार्थपूर्ति खासगरी गुटहरूको मण्डली वा एक अर्थमा फेडेरेसन, काउन्सिल जस्तो बन्न जाने धारणा राखे। ‘दलाल पुँजीवाद सबै पार्टीलाई भित्रैसम्म एकखालको क्यान्सर सेकेण्ड स्टेज, फस्र्ट स्टेजमा त होइन। कुन कुन कमिटीलाई कहाँसम्म गाँजेको छ त्यो अर्कै कुरा हो। त्यो क्यान्सरको भाइरसले पार्टीहरूमा सिद्दान्तको स्पेसलाई कच्याककुचुक्क पारिदिएको छ। त्यसकारण फोरममा छलफल हुन जरुरी छ,’ उनले भने। उनले राम्रो माक्र्संवादी पार्टी बन्यो भने लिबरल डेमोक्रेटको पनि राम्रै पार्टी बन्छ एक सय वर्षको संगठित कम्युनिस्ट आन्दोलनको इतिहासमा कम्युनिस्ट पार्टीको नाममा यत्रो जनमत संसदीय लोकतान्त्रिक प्रणालीबाट कहीँ पनि आएको थिएन। सानो मुलुक भएकाले खुम्चिएका छौं, फ्रान्स, युरोपमा भएको भए सारा बौद्धिक विमर्श हाम्रै वरिपरि भइरहने जिकिर गरे।

‘स्पेशनमा सोसलिस्ट पार्टीले जित्दा ठूलो डिस्कोर्स चलिरहेको छ। स्पेन, पोर्चुगल, फ्रान्स जर्मनी जस्तो आर्थिक अवस्था भएको भए हामीले संसार हल्लाउँथ्यौं,’ उनले भने। उनका अनुसार यो उपलब्धिलाई सैद्दान्तिक, ऐतिहासिकरूपले विश्लेषण गर्ने नेताहरू पनि नभएको बताए। ‘किनभने धेरैजसोलाई के लागेको छ भने, हिजोको राजाले खाए, त्यसपछि कांग्रेसले खाए, अब हाम्रो पालो, जनताले हामीलाई त्यो पालो पु¥याउन दिएका हुन्। राजनीतिक, बौद्धिक हैसियत कमजोर भएपछि तल छौं। राजनीतिक र मिडिया क्षेत्र दुवैबाट कसरी योगदान गर्न सकिन्छ, सोचौं। अब मुद्दालाई मुद्दा बनाउने कुरामा केन्द्रित होऔं,’ उनले भने।

कार्लमाक्र्स द्धिशतवार्षीकी समारोह समितिका संयोजक समेत रहेका भुषालले यही वैशाख २२ गते कार्लमाक्र्सबारे एक समारोहको आयोजना गर्ने गर्ने बताए। नेता भुषालले सो समारोहपछि प्रदेशस्तरमा कार्यक्रम गरेर २० हजार युवालाई माक्र्सवाद पढाउने कार्यक्रम रहेको पनि जानकारी दिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार