नेकपा मसालका नेता चित्रबहादुर केसीले कुनैबेला आफुहरुलाई बुढाहरुले क्रान्ति गर्न सक्दैनन् भन्ने प्रचण्ड पछि भारतको शरणमा पुगेर युद्धको नेतृत्व गरेको गंभीर आरोप लगाएका छन् ।
जनयुद्धको अवधिभर प्रचण्डहरु प्राय भारतमा आश्रय लिएर बसेको युद्ध अन्तत जनताको पक्षमा नगएर आफ्ना दुईचार नेताहरुको सत्तामा पुग्ने भर्यान मात्र बन्न पुगेको आरोप केसीले लगाए ।
जनपाटी अनलाइन टिभीसँगको लामो कुराकानीमा राष्ट्रिय जनर्मोर्चाका अध्यक्षसमेत रहेका केसीले प्रचण्ड र बाबुरामले व्यक्तिगत महत्वकांक्षा पूरा गर्न युद्धको बाटो समाएको गंभीर आरोप लगाए ।
राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थिति अनि आत्मगत अवस्था कमजोर भएको बेला प्रचण्डले हठातमा क्रान्ति गरेको केसीको भनाई छ ।







