विप्लव नेतृत्वको नेकपाले वैशाख २३ गते नेपालबन्द आफ्नो पार्टीले आयोजना नगरेको बताएको छ ।

बैशाख २३ गते नेपाल बन्दको समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेको हो कि भन्ने भ्रम परेको हुनाले नेपाल कम्युनिस्ट पार्टीले आफ्नो बन्दको कुनै कार्यक्रम नरहेको केन्द्रीय कार्यालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले सार्वजनिक गरेका आफ्ना कार्यक्रहरु अगाडि बढिरहेको हुनाले अहिले पार्टीले बन्दको कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार