०५९ सालमा तत्कालीन शाही शासनको सरकार र तत्कालीन नेकपा माओवादीबीच दोस्रो पटकको वार्ता भएको थियो ।

सो वार्ताको क्रममको स्थितिमा ज्ञानेन्द्रले अप्रत्य रुपमा आफ्नो हातमा शासन लिएर सुर्य बहादुर थापाको नेतृत्वमा सरकार बनाएको स्थिति थियो । त्यही बेला तत्कालीन नेकपा माओवादीसँग सो सरकारले वार्ता गरेको थियो ।

वर्ताका क्रममा तत्कालीन केकपा माओवादीको तर्फबाट डा.बाबुराम भट्टराईको संयोजकत्वमा रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, देव गुरुन र मात्रृकाप्रसाद यादवको वार्ताटोल ीबनेको थियो ।

यसैगरी सरकारी वार्ताटोलीमा बद्रीप्रसाद मण्डलको नेतृत्वमा नारायणसिंह पुन, रमेशनाथ पाण्डे, डा.उपेन्द्र देवकोटालगायतको टीम बनेको थियो ।

सो वार्ताका क्रममा नेकपा माओवादीले संविधानसभाको निर्वाचन आफ्नो पार्टीको न्युनतम कार्यक्रम रहेको जनाएको थियो भने तत्कालीन सरकारले कुनै स्पष्ट जबाफ दिन सकेन ।

जसका कारण वार्ता भंग हुन पुगेको थियो । वास्तवमा त्यो बेलामा वार्तामा के के भएका थिए ?

वार्ताका क्रममा भएका केही ऐतिहासिक झलकहरु यहाँ प्रस्तुत गरे्का छौं ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार